साउन १ देखि नापी–मालपोत सेवा स्थानीय तहबाटै सञ्चालन हुने तयारी

एक महिना अगाडि
साउन १ देखि नापी–मालपोत सेवा स्थानीय तहबाटै सञ्चालन हुने तयारी

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि नापी र मालपोत सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने तयारी अघि बढाएको छ।

देशभरका ७५३ स्थानीय तहमध्ये २९२ महानगर, उपमहानगर तथा नगरपालिकाबाट सेवा सञ्चालन गर्ने योजना बनाइएको छ।

भूमि व्यवस्था मन्त्रालयले यसका लागि अध्ययन समिति गठन गरी काम अघि बढाएको छ।

सहसचिव गणेशप्रसाद भट्ट नेतृत्वको समितिले सेवा हस्तान्तरणका विषयमा अध्ययन गरिरहेको छ।

समितिलाई तोकिएको समयसीमा थप गरेर अन्तिम प्रतिवेदन तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिवेदनपछि मन्त्रिपरिषद्बाट निर्णय गरी कार्यान्वयनमा ल्याइने योजना रहेको छ।