बुटवल मृत्यु घटनामा मेडिकल काउन्सिलको छानबिन सुरु

एक महिना अगाडि
बुटवल मृत्यु घटनामा मेडिकल काउन्सिलको छानबिन सुरु

काठमाडौं । बुटवलमा गर्भपतनका क्रममा २९ वर्षीया गीता पाण्डेको मृत्यु भएपछि नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गर्ने भएको छ।

परिवारले चिकित्सकीय लापरबाहीको आरोप लगाएपछि घटना गम्भीर बनेको हो।

घटनामा संलग्न दुई चिकित्सकसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ।

प्रहरीले खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री र डा. सतिष उपाखेतीलाई नियन्त्रणमा लिएको छ भने अन्य व्यक्तिहरू पनि पक्राउ परेका छन्।

काउन्सिलले समिति गठन गरी घटनाको सत्यतथ्य पत्ता लगाउने जनाएको छ।