वीरगञ्जमा सुरक्षा सतर्कता अपनाउन कर्फ्यू आदेश जारी

३ महिना अगाडि
वीरगञ्जमा सुरक्षा सतर्कता अपनाउन कर्फ्यू आदेश जारी

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा दुई समुदायबीच हुनसक्ने मुठभेडलाई लक्षित गर्दै कर्फ्यू  आदेश जारी गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गरी वीरगञ्ज महानगर क्षेत्रमा साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

पछिल्लो समय यहाँ दुई समुदायबीच विरोध प्रदर्शनका कार्यक्रम हुँदै आइरहेका छन् । कर्फ्युको समयमा सर्वसाधारणलाई घरबाहिर निस्कन र हिँडडुल गर्न पूर्ण रूपमा रोक लगाइएको छ । आदेशको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।