काठमाडौं । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी अन्तर्गत नेपालले रुवान्डालाई २ विकेटले हराउँदै प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ।
८९ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा लक्ष्य पूरा गरेको हो। सम्झना खड्काले महत्वपूर्ण ४८ रन बनाउँदै टोलीलाई जिततर्फ डोर्याइन्।
यसअघि नेपाल अमेरिका विरुद्ध पराजित भए पनि इटालीलाई हराउँदै लयमा फर्किएको थियो। प्रतियोगितामा नेपालसहित पाँच टोली सहभागी छन्।