काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा बिरामीहरूले सास्ती भोग्नुपरेको बताएका छन्।
उनका अनुसार यस्तो व्यवस्थाले स्वास्थ्य सेवामा पहुँच सीमित हुनुका साथै बिरामीहरू निजी अस्पतालतर्फ धकेलिने अवस्था सिर्जना हुन्छ, जसले आर्थिक भार बढाउँछ।
आफू स्वास्थ्य मन्त्री हुँदा बिदाका दिनमा पनि सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिने व्यवस्था लागू गरेको उनले स्मरण गराए। उनले वर्तमान सरकारलाई उक्त सुधारलाई निरन्तरता दिन आग्रह गरेका छन्।