काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको विनिमय दर र माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य निर्धारण हुने गरेको व्यवसायीहरू बताउँछन्। मूल्य घटेसँगै बजारमा खरिद गतिविधि केही बढ्ने अपेक्षा गरिएको छ।