काठमाडौँ । नेप्से परिसूचक लगातार चौथो दिन घट्दै १७ दशमलव ०१ अंकले ओरालो लागेको छ।
अधिकांश उपसमूहमा गिरावट देखिएको छ भने होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।
कुल पाँच अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा धेरैजसो कम्पनीहरूको सेयर मूल्य घटेको छ। लगानीकर्तामा बजारको भविष्यबारे अन्योल र चिन्ता बढेको देखिएको छ।