सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

एक महिना अगाडि
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। पछिल्ला दिनहरूमा भइरहेको उतारचढावबीच आज पनि दुवै बहुमूल्य धातुको भाउमा उल्लेखनीय गिरावट देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको छ। यसअघि बिहीबार सुनको भाउ १८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँमा झरेको थियो भने बुधबार पनि ८ सय रुपैयाँले कमी आएको थियो। यसरी तीन दिनमै सुनको मूल्य कुल ४८ सय रुपैयाँले घटेको देखिन्छ।

यसअघि मंगलबार भने सुनको मूल्यमा सामान्य वृद्धि भई तोलामा १६ सय रुपैयाँ बढेको थियो। तर त्यसपछि बजारले निरन्तर ओरालो दिशा लिएको छ।

चाँदीतर्फ पनि गिरावट जारी छ। आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेर ४ हजार ९४५ रुपैयाँमा कायम भएको छ।