काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख पवन भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गर्दै उनलाई हाल नियन्त्रणमा राखिएको जानकारी दिए। उनका अनुसार पक्राउपछि उनलाई औपचारिक रूपमा परिसरमा ल्याउने प्रक्रिया जारी रहेको छ।
प्रहरी स्रोतका अनुसार बागमती नदी किनार क्षेत्रका अनधिकृत बस्ती व्यवस्थापन गर्ने अभियानसँगै यो कारबाही जोडिएको देखिन्छ। बिहीबार साँझ नै प्रहरीले थापाथली, सिनामंगल लगायत क्षेत्रमा माइकिङ गर्दै बस्ती खाली गर्न निर्देशन दिएको थियो।