काठमाडौं । तीन ठूला दल कांग्रेस, एमाले र नेकपाका नेताहरुबीच तारन्तार भेटवार्ता जारी छ । सोमबार नै कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास गुण्डुमा भेटेका छन् ।
भेटमा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सहकार्यको कुरा भनिएपनि आगामी फागुन २१ गतेको आम चुनावमा सहकार्यसम्मको चर्चा भएको बुझिएको छ ।
सोमबार ओलीलाई भेटेका खड्का र लेखकले राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले, नेकपा र मधेसवादी दलबीच चुनावी तालमेल हुने ब्रिफिङ गरेका थिए।
माघ ११ गते राष्ट्रिय सभाका १८ सिटमा निर्वाचन हुँदै छ। जसमा कांग्रेसले ८ सिट दाबी गरेको कार्यवाहक सभापति खड्काले कांग्रेस कार्यसम्पादन बैठकमा ब्रिफिङ गरेका थिए।
पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले क्लस्टर र प्रदेशगत भागबण्डा मिलाउन आजै मिलाउने तयारी छ। खड्का र लेखकले आजै नेकपाका संयोजक प्रचण्डलाई पनि भेट्ने छन्।