विदेशी नागरिकता लिएका चिकित्सकमाथि कडा कदम: १७ जनाको लाइसेन्स रद्द

एक महिना अगाडि
विदेशी नागरिकता लिएका चिकित्सकमाथि कडा कदम: १७ जनाको लाइसेन्स रद्द

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्याग गरी विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ।

काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनअनुसार यस्तो निर्णय गरिएको जनाएको हो। सूचनामा नेपाली नागरिकता परित्याग गरेका चिकित्सकहरूलाई काउन्सिलको दर्ता अभिलेखबाट हटाइएको उल्लेख गरिएको छ।

काउन्सिलका अनुसार नेपाली मेडिकल काउन्सिल ऐन, सम्बन्धित नियमावली तथा नेपाली नागरिकता ऐन अनुसार विदेशी नागरिकता लिएका व्यक्तिहरूले नेपालमा चिकित्सकको रूपमा दर्ता कायम राख्न नमिल्ने व्यवस्था छ।

यस निर्णयसँगै ती चिकित्सकहरूले नेपालभित्र औपचारिक रूपमा चिकित्सा सेवा प्रदान गर्न पाउने अधिकार गुमाएका छन्। काउन्सिलले यस्ता विषयमा कानुनी प्रावधान कडाइका साथ कार्यान्वयन गरिने पनि स्पष्ट पारेको छ।