व्यवसायीमाथि धरपकडप्रति निजी क्षेत्र असन्तुष्ट

एक महिना अगाडि
व्यवसायीमाथि धरपकडप्रति निजी क्षेत्र असन्तुष्ट

काठमाडौं । उद्योगी–व्यवसायीमाथि भइरहेको धरपकडप्रति निजी क्षेत्रका प्रमुख संस्थाहरूले आपत्ति जनाएका छन्।

संयुक्त विज्ञप्तिमा उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्शले यस्तो गतिविधिले लगानी वातावरणमा नकारात्मक असर पार्ने बताएका छन्।

निजी क्षेत्रले अर्थतन्त्र र रोजगारीमा ठूलो योगदान दिँदै आएको उल्लेख गर्दै अनुसन्धान प्रक्रियामा कानुनी मापदण्ड पालना गर्नुपर्ने माग गरेको छ।