इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई राहत, कूटनीतिक निर्णय पनि

एक महिना अगाडि
इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई राहत, कूटनीतिक निर्णय पनि

काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त निर्णय सार्वजनिक गरेका हुन्।

यसैसँगै सरकारले विन्देश्वरप्रसाद लेखक लाई हङकङस्थित महावाणिज्य दूतावासबाट फिर्ता बोलाउने निर्णय पनि गरेको छ।

सरकारले यी निर्णयलाई संवेदनशील तथा आवश्यक कदमका रूपमा व्याख्या गर्दै कूटनीतिक र प्रशासनिक व्यवस्थापन सुधारमा ध्यान केन्द्रित गरेको जनाएको छ।