काठमाडौँ । नेपाल ‘ए’ टोलीले ओमनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै एकदिवसीय खेल शृङ्खला बराबरी गरेको छ।
नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको ओमन १६९ रनमै समेटियो। नेपालका युवराज खत्रीले तीन विकेट लिए भने अन्य बलरहरूले पनि प्रभावकारी प्रदर्शन गरे।
यस जितसँगै नेपालले पहिलो खेलको हारको बदला लिँदै शृङ्खला बराबरी गर्न सफल भएको हो।