काठमाडौं । लगातार तीन दिनसम्म घटिरहेको सुनचाँदीको मूल्य आइतबार फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज दुबै धातुको भाउमा वृद्धि देखिएको हो।
आज सुनको मूल्य तोलामा २७ सय रुपैयाँले बढ्दै २ लाख ९९ हजार २ सय रुपैयाँ पुगेको छ। यसअघि बुधबार, बिहीबार र शुक्रबार लगातार गिरावट आएको थियो। शुक्रबार मात्रै सुनको भाउ तोलामा २२ सय रुपैयाँले घटेर २ लाख ९६ हजार ५ सय रुपैयाँमा झरेको थियो। त्यस्तै बिहीबार १८ सय र बुधबार ८ सय रुपैयाँले मूल्य घटेको थियो।
चाँदीको मूल्य पनि आज बढेको छ। तोलामा ५० रुपैयाँले वृद्धि भई चाँदीको भाउ ४ हजार ९९५ रुपैयाँ पुगेको छ।