फेरि बढ्याे सुनकाे मूल्य

एक महिना अगाडि
फेरि बढ्याे सुनकाे मूल्य

काठमाडौं । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः बढ्ने क्रममा देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ३०० रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य २ हजार ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको थियो।

यसअघि भने सुनको भाउ लगातार तीन दिनसम्म ओरालो लागेको थियो। शुक्रबार २ हजार २००, बिहीबार १ हजार ८०० र बुधबार ८०० रुपैयाँले मूल्य घटेको थियो। पछिल्ला दुई दिनको वृद्धिसँगै बजार फेरि उकालोतर्फ फर्किएको देखिन्छ।

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ समान ५० रुपैयाँले बढेको थियो।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव, मुद्रा विनिमय दर र लगानीकर्ताको झुकावका कारण सुनचाँदीको मूल्यमा यस्तो परिवर्तन देखिने गरेको छ।