काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको तयारी अघि बढाएको छ । एमालेको मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति र उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
निर्वाचनमा पार्टीले अघि सार्ने एजेन्डा र प्रतिबद्धता पत्र तयार पार्न गठित यो समितिमा पार्टीका शीर्ष नेताहरूलाई समेटिएको छ। समितिका सदस्यहरूमा ईश्वर पोखरेलसहित विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाललाई राखिएको छ
यस्तै सात प्रदेशमा प्रदेश संयोजकहरु पनि तोकिएका छन् । कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमती, महेश बस्नेत, काठमाडौं उपत्यका विशेष क्षेत्रमा राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा गणेश ठगुन्ना र संगठन विभागमा भानुभक्त ढकाललाई जिम्मेवारी तोकिएको छ ।