काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित एक काठ गोदाममा लागेको आगो निभाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले आगो निभाएका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको थियो ।आगलागीबाट नजिकको विद्यालयमा समेत क्षति पुगेको बताएको छ ।
विमानस्थल नजिक रहेका कारण केहीबेर उडान र अवतरण रोकिएको थियो ।
