सुनचाँदीको मूल्यमा गिरावट: सुन तोलामा ३ हजारले घट्यो

एक महिना अगाडि
सुनचाँदीको मूल्यमा गिरावट: सुन तोलामा ३ हजारले घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले घटेर २ लाख ९७ हजार ५ सय रुपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज उल्लेख्य रूपमा घटेको हो।

हालैका दिनमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ। यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो भने गत सातासम्म पनि ३ लाखभन्दा माथि कारोबार भइरहेको थियो।

यस्तै, चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १०० रुपैयाँले घट्दै आज ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी ५ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।

बजारमा अन्तर्राष्ट्रिय मूल्य, विनिमय दर र माग–आपूर्तिको प्रभावका कारण सुनचाँदीको भाउमा दैनिक उतारचढाव देखिने गरेको छ।