काठमाडौं । मौसमविद्हरूले आज र भोलि देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताएका छन्। विशेषगरी काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा रातिको समयमा ठूलो वर्षा हुनसक्ने अनुमान गरिएको छ।
वर्षाका कारण साना खोलानालामा आकस्मिक बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम रहेको छ। त्रिभुवन, पृथ्वी, सिद्धार्थ, पासाङल्हामु र बीपी राजमार्गमा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित निकायले अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेका छन्।