काठमाडौं । माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनमा ठूला चार दलले सहकार्य गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी नेपालबीच चुनावी गठबन्धन बनेको हो ।
कांग्रेसको पहलमा सुरु भएको संवाद अन्ततः एमाले, नेकपा र जसपासम्म पुगेर साझा मोर्चामा टुंगिएको हो । राष्ट्रिय सभामा हुने १८ सिटको निर्वाचनमा कांग्रेस र एमालेले ७–७ सिट, नेकपाले ३ सिट र जसपाले १ सिट पाउने गरी सहमति जुटेको छ। जसपा नेपालले भने आफूले पाएको एक सीटमा महन्थ ठाकुरलाई उठाउने भएको छ ।
यता, मंगलबार नै आयोजित एक कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा चुनावमा आफ्नो दल एक्लै चुनावी मैदानमा उत्रिने कसैसँग गठबन्धन नगर्ने बताएका छन् ।