साताको तेस्रो दिन सेयर बजार सकारात्मक

३ महिना अगाडि
साताको तेस्रो दिन सेयर बजार सकारात्मक

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६४९ अंकमा पुगेको छ । बजारमा केही उतारचढावमा देखियो ।

कारोबार सुरु भएपछि नै बढेको नेप्से २६ सय ६२ अंकसम्म पुगे पनि त्यसपछि दिनभर कुनै पनि समय सो अंकभन्दा माथि जान सकेन । कारोबार रकम बढेको छ ।

अघिल्लो दिन ६ अर्ब ४७ करोडको कारोबार भएकोमा आज ७ अर्ब १२ करोडको भएको छ । यो रकम एक महिनायताकै उच्च हो । कुल १४८ कम्पनीको मूल्य बढ्दा १०३ को घट्यो भने ८ को स्थिर रह्यो ।