काठमाडौं । पछिल्ला दुई दिनमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यस अनुसार दुई दिनमा सुनको भाउ प्रतितोला ६ हजार रुपैयाँले घटेको हो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ४ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।