आईपीएल

इन्डियन प्रिमियर लिगमा हैदरावादको रोमाञ्चक जित, मुम्बई ६ विकेटले पराजित

एक महिना अगाडि
इन्डियन प्रिमियर लिगमा हैदरावादको रोमाञ्चक जित, मुम्बई ६ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको उच्च स्कोरिङ खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४३ रनको विशाल योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले आक्रामक प्रदर्शन गर्दै १८.४ ओभरमा ४ विकेट गुमाउँदै २४९ रन बनाएर लक्ष्य पूरा गर्‍यो।

मुम्बईका लागि रियान रिकल्टनले अविजित १२३ रनको उत्कृष्ट शतकीय पारी खेले। उनले एकतर्फी रूपमा रन बटुल्दा विल ज्याक्सले ४६, नमन धीरले २२ र हार्दिक पाण्ड्याले ३१ रनको योगदान दिए।

हैदरावादका बलरमध्ये प्रफुल हिंगेले २ विकेट लिए भने इसान मालिङ्गा, साकिव हुसेन र नितिश कुमार रेड्डीले समान १–१ विकेट हात पारे।

जवाफी इनिङ्समा हैदरावादका लागि ट्राभिस हेडले ७६ रनको आक्रामक पारी खेले भने हेनरिक क्लासेन ६५ रनमा अविजित रहे। अभिषेक शर्माले ४५ रन बनाउँदा नितिश कुमार रेड्डीले पनि महत्वपूर्ण योगदान दिए। अन्त्यतिर सलिल अरोराले अविजित ३० रन जोड्दै टोलीलाई सहज जित दिलाए।

मुम्बईका बलरहरू प्रभावकारी देखिन सकेनन्। एएम घजनफरले २ विकेट लिए पनि ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्याले समान १–१ विकेट मात्र लिन सके।