बुधबार सेयर बजार खुम्चियो

३ महिना अगाडि
बुधबार सेयर बजार खुम्चियो

काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजारको परिसूचक नेप्से १३ दशमलव ३५ अंकले घटेको छ । सो अंकको कमिपछि नेप्से २६ सय ३५ अंकमा कायम भएको छ ।

अघिल्लो दिन २६ सय ४९ अंकमा थियो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा बुधबार ५ अर्ब १७ करोडमा खुम्चियो ।

कुल ६२ कम्पनीको मूल्य बढ्दा १ सय ८७ को घट्यो भने १० को स्थिर रह्यो । यस दिन फाइनान्समा समूह ० दशमलव २१ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह स्थिर रह्यो ।