फुटबलमा ठूलो परिवर्तन: नयाँ नियमले खेल थप छिटो र पारदर्शी बनाउने

एक महिना अगाडि
फुटबलमा ठूलो परिवर्तन: नयाँ नियमले खेल थप छिटो र पारदर्शी बनाउने

काठमाडौं। विश्व फुटबलमा सुधार ल्याउने उद्देश्यसहित फिफा र इन्टरनेसनल फुटबल एसोसिएसन बोर्डले नयाँ नियमहरू सार्वजनिक गरेका छन्।

२०२६ जुन १ देखि लागू हुने नियमअनुसार खेललाई छिटो बनाउन काउन्टडाउन प्रणाली, गोलकिपर समयसीमा, छिटो सब्स्टिच्युसन लगायतका व्यवस्था गरिएको छ।

रेफ्रीका लागि बडी क्यामेरा, भीएआरको दायरा विस्तार र कप्तानलाई मात्र रेफ्रीसँग संवाद गर्ने अनुमति जस्ता प्रावधानले खेललाई थप पारदर्शी बनाउने अपेक्षा गरिएको छ।