काठमाडौं । महिला टी–२० च्यालेन्ज ट्रफी अन्तर्गत नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ। खेल बेलुका ४ः४५ बजे सुरु हुनेछ।
नेपालले प्रतियोगितामा सातमध्ये चार खेल जितेको छ भने तीन खेलमा हार बेहोरेको छ। टोली उपाधि होडबाट बाहिरिसकेको भए पनि आजको खेल प्रतिष्ठाका लागि महत्वपूर्ण मानिएको छ।
प्रतियोगितामा संयुक्त राज्य अमेरिका शीर्ष स्थानमा रहँदै उपाधि जितिसकेको छ।