काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्रसम्बन्धी विधेयकको दफावार छलफल सकिएको छ । समितिको बुधवार बसेको बैठकपछि दफावार छलफल सकिएको हो ।
समिति सभापति तुलसाकुमारी दाहालले चलचित्र सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१ माथि दफवार छलफल सकिएर मस्यौदा प्रतिवेदन तयारीको काममा लागेको जानकारी दिए । मस्यौदा प्रतिवेदनको बाँकी काम पनि छिट्टै तयार पारेर अर्को बैठकमा मस्यौदामाथि छलफल हुनेछ ।
सेन्सर बोर्डको नाम परिवर्तन गरेर प्रमाणिकरण गर्ने समिति राखिएको बताउनु भयो । तर त्यो समितिको अध्यक्षको योग्यताबारे भने टुंगोमा पुगेको छैन ।