लिपुलेक मार्ग हुँदै कैलाश मानसरोवर यात्रा पुनः खुला

एक महिना अगाडि
लिपुलेक मार्ग हुँदै कैलाश मानसरोवर यात्रा पुनः खुला

काठमाडौं । नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारतले कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ।

भारतको विदेश मन्त्रालयले चीनसँगको समन्वयमा सन् २०२६ का लागि यात्राको औपचारिक घोषणा गर्दै आवेदन खुला गरेको हो। यात्रा जुनदेखि अगस्टसम्म सञ्चालन हुनेछ।

यस वर्ष २० वटा समूहमार्फत यात्रा सञ्चालन गरिनेछ, जसमा १० समूह उत्तराखण्ड हुँदै लिपुलेक मार्गबाट र १० समूह सिक्किम हुँदै नाथुला मार्गबाट जानेछन्। प्रत्येक समूहमा ५० जना यात्रु रहनेछन्।

यात्रामा सहभागी हुन इच्छुकले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यो यात्रामा प्रत्येक वर्ष ठूलो सङ्ख्यामा श्रद्धालु सहभागी हुने गर्छन्।