राष्ट्रियसभा चुनावमा कांग्रेस-एमालेकै मुख्य तालमेल

३ महिना अगाडि
राष्ट्रियसभा चुनावमा कांग्रेस-एमालेकै मुख्य तालमेल

काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । योसँगै राष्ट्रिय सभामा प्रतिनिधित्व भएका दलहरूको हैसियत फेरिने भएको छ ।

नेपाली कांग्रेस, नेकपा ९एमाले० बीचको तालमेलले आउने परिणामले राष्ट्रियसभामा दलीय हैसियत फेरिने भएको हो । यता, कांग्रेस–एमालेसँग गठबन्धन गरेको जसपा नेपालले आफ्नो बाहुल्य क्षेत्र मधेशमा अलगै तीन उम्मेदवार उठाएको छ । तर, महन्थ ठाकुरलाई भने गठबन्धनतर्फको उम्मेदवारकारुपमा समर्थन गर्ने भनेको छ ।

जित निश्चित हुने गरी कांग्रेसले ९, एमाले ८ र जसपाले १ गरी १८ सिटमा तालमेल गर्नेभन्दै चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । नेकपाले यसअघि नै तालमेलमा कुरा नमिल्दा सबै ठाउँमा एकल उम्मेदवारी दिएको छ । हालसम्म सुनील थापा निर्विरोध निर्वाचित भएका छन् ।