काठमाडौं । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले संघीय निजामती सेवा विधेयकप्रति असन्तुष्टि जनाउँदै देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ।
सञ्जालले ७५३ वटै स्थानीय तहका कर्मचारीलाई एक सातासम्म वैकल्पिक पोसाकमा काम गर्न आह्वान गरेको छ। उनीहरूले विधेयकमा सेवासुरक्षा, हकहित र वृत्ति विकासका विषय समेटिन नसकेको बताएका छन्। यसले कर्मचारीबीच विभेद सिर्जना गर्ने र सेवा प्रवाहमा नकारात्मक असर पार्ने चेतावनी दिँदै सरकारले संशोधन गर्नुपर्ने माग गरेका छन्।