काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड प्राप्त गर्नका लागि विभिन्न विकल्पहरू छलफल गरिरहेका छन्, जसमा सैन्य प्रयोग पनि समावेश छ ।
ह्वाइट हाउसले बीबीसीलाई बताए अनुसार, नाटो सदस्य डेनमार्कको अर्धस्वायत्त क्षेत्र ग्रिनल्यान्ड प्राप्त गर्नु अमेरिकाको राष्ट्रिय सुरक्षा प्राथमिकता हो। यो बयान युरोपेली नेताहरूले डेनमार्कको समर्थनमा संयुक्त वक्तव्य जारी गरेको केही घण्टापछि आएको हो । डेनमार्कले ट्रम्पको आर्कटिक टापु प्राप्त गर्ने महत्वाकांक्षाको विरोध गर्दै आएको छ।
ट्रम्पले सप्ताहन्तमा सुरक्षा कारणले अमेरिकालाई ग्रिनल्यान्ड आवश्यक भएको दोहोर्याएका थिए, प्रतिक्रिया स्वरुप डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले अमेरिकी आक्रमण भए नाटोको अन्त्य हुने चेतावनी दिइन ।
मङ्गलबार ह्वाइट हाउसले भनेको थियो राष्ट्रपति र उनको टोलीले यो महत्वपूर्ण विदेश नीति लक्ष्य प्राप्त गर्न विभिन्न विकल्पहरू छलफल गरिरहेका छन । त्यसमध्ये एउटा सैन्य प्रयोग पनि थियो ।
-बीबीसीबाट