निजी क्षेत्रका प्रतिनिधिहरूले लगानीमैत्री वातावरण अभाव रहेको भन्दै नीतिगत सुधारको माग गरेका छन्। संवाद कार्यक्रममा माइकल फोलेले दूरसञ्चार पूर्वाधार कमजोर हुँदा वैदेशिक लगानी प्रभावित भएको बताए।
उद्योगी वरुण चौधरीले अन्तर्राष्ट्रिय छवि सुधार र लगानी सहजीकरण आवश्यक रहेको बताए भने किशोर प्रधानले भ्याटमा बहुदर प्रणाली लागू गर्न सुझाव दिए। नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले कर दर घटाएर औपचारिकीकरण बढाउनुपर्ने धारणा राखे।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीतिगत स्थिरता र निजी–सरकार सहकार्य अपरिहार्य रहेको बताए।