नयाँ दिल्ली । नेपालले लिपुलेक हुँदै भारत-चीन आवतजावत गर्ने मार्ग सञ्चालनप्रति असहमति जनाएपछि भारतले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
चीन र भारतबीच लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा पुनः सञ्चालनमा आएपछि नेपाल सरकारले प्रेस नोट जारी गर्दै आपत्ति जनाएको थियो ।
यसप्रति प्रतिक्रिया दिँदै भारतको विदेश मन्त्रालयले उक्त मार्ग नयाँ नभएको स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेक हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर सञ्चालनमा रहेको पुरानो मार्ग भएको बताएका छन्।
भारतले आफ्नो धारणा सधैं स्पष्ट र स्थिर रहेको उल्लेख गर्दै यस विषयलाई नयाँ रूपमा व्याख्या गर्न नहुने संकेत गरेको छ। भारतले सीमा सम्बन्धी अन्य विवाद वार्ताबाट समाधान खाेज्नुपर्ने बताएकाेछ ।
