माैसम पूर्वानुमान

केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

एक महिना अगाडि
केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । आज देशभर मौसम बदली रही विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्छ।

यसैगरी बाँकी तराई भूभागका एक–दुई स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा जारी रहने सम्भावना छ। लुम्बिनी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।