बागमती किनारबाट हटाइएपछि १,८१६ परिवार सरकारको सम्पर्कमा

एक महिना अगाडि
बागमती किनारबाट हटाइएपछि १,८१६ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । बागमती नदी र यसका सहायक नदी किनारमा रहेका अवैध बस्ती हटाउने अभियानपछि १,८१६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा आएका छन्। ती परिवारका कुल ७,७८९ सदस्यले आफूलाई भूमिहीन भन्दै विवरण दर्ता गराएका हुन्। 

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार तीमध्ये ७९४ जनालाई विभिन्न होल्डिङ सेन्टरमा सारिएको छ भने केही व्यक्तिहरूले अस्थायी रूपमा आफ्नै व्यवस्थामा बस्ने विकल्प रोजेका छन्। सरकारले कीर्तिपुर, नयाँ बसपार्क, माछापोखरी, भक्तपुर र बोडे क्षेत्रमा अस्थायी आवास केन्द्र सञ्चालनमा ल्याएको छ। 

अभियानसँगै सरकारले वास्तविक सुकुम्बासीको पहिचान, डिजिटल अभिलेख संकलन र दीर्घकालीन व्यवस्थापन प्रक्रिया अघि बढाएको जनाएको छ।