पोखरामा अतिक्रमित बसपार्क क्षेत्र खाली गराउन ३५ दिने सूचना

एक महिना अगाडि
पोखरामा अतिक्रमित बसपार्क क्षेत्र खाली गराउन ३५ दिने सूचना

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोक बसपार्क क्षेत्र खाली गराउन ३५ दिने सूचना जारी गरेको छ। दशकौँदेखि अतिक्रमणमा परेको करिब २०५ रोपनी जमिनमध्ये अहिले ४७ रोपनी मात्र बाँकी रहेको जनाइएको छ। उक्त क्षेत्रमा ४०० भन्दा बढी परिवार बसोबास गर्दै आएका छन्।

बसपार्क निर्माण नहुँदा यातायात व्यवस्थापनमा समस्या हुँदै आएको छ। सुकुम्बासी पक्षले भने उचित पुनर्वासबिना हटाउन नहुने माग गरेका छन्।