काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोली यूएईविरुद्धको जितपछि अब ओमानसँग खेल्दै शृंखलामा तेस्रो जितको खोजीमा छ। ओपनिङमा परिवर्तन गर्दै अर्जुन कुमाल र विनोद भण्डारीलाई अवसर दिइएको छ।
यूएईविरुद्ध विनोदले अर्धशतक बनाउँदा दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका थिए। कप्तान रोहित पौडेल र भीम सार्कीको फर्म भने चुनौतीकै रूपमा छ।
लिग–२ मा ओमान ३१ अंकसहित तेस्रो स्थानमा रहँदा नेपाल १६ अंकसहित सातौँ स्थानमा छ। नेपाल अघिल्लो हारको बदला लिँदै जितको लय कायम राख्ने लक्ष्यमा रहेको छ।