काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ४.५९ अंक बढेको छ । कारोबारका क्रममा दिनभर प्रायः रातो रहेको बजार अन्तिम आधा घण्टामा बढेको हो ।
आजको वृद्धिपछि नेप्से २६ सय ४० अंकमा कायम भएको छ । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब १७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९० करोडको भयो । १ सय २९ कम्पनीको मूल्य बढ्दा १ सय १५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।