काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ९६ हजार ८ सय रुपैयाँ पुगेको छ।
यसअघि हिजो सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको थियो, जसअनुसार हिजो सुनको भाउ २ लाख ९१ हजार रुपैयाँ कायम रहेको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ। चाँदी आज तोलामा १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ ४ हजार ८८० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिँदा सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन भइरहेको व्यवसायीहरू बताउँछन्।