मध्य भोटेकोशीको ९० करोड रुपियाँको आईपीओ असोज २० गतेदेखि

४ बर्ष अगाडि
मध्य भोटेकोशीको ९० करोड रुपियाँको आईपीओ असोज २० गतेदेखि

काठमाडौँ ।  मध्य भोटेकोशी जलविद्युत कम्पनीको ९० करोड रुपियाँ बराबरको साधारण शेयर(आईपीओ) असोज २० गतेदेखि निष्काशन खुला हुने भएको छ । 

प्रतिकित्ता अंकित मूल्य रु. १०० दरको ९० लाख कित्ता आईपीओ आईपीओमा छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । 

 
 

कम्पनीको जारी पूँजी ६ अर्बको १५ प्रतिशत अर्थात ९० करोड रुपियाँको ९० लाख कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सामुहिक लगानीकोषका लागि छुट्याइएको छ । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्बसाधारणले आवेदन दिन पाउने छन् । 

हिजोआज खुलेका आईपीओहरुमा २४ लाख जनाले आवदेन दिने गरेका छन् । तसर्थः सर्बसाधारणका लागि छुट्याइएको शेयर ८ लाख १९ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउने छन् । त्यसकारण लगानीकर्ताहरुले १० कित्ताका दरले मात्र आवेदन दिनु उपयुक्त देखिन्छ ।  

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट १ करोड ५० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो । पहिलो चरणमा आयोजना प्रभावितका लागि ६० लाख कित्ता आईपीओ निष्काशन खुला गरी असोज ११ गते सोमबार बाँडफाँट समेत गरिसकेको छ । बाँकी ९० लाख कित्ता आईपीओ असोज २० गतेबाट निष्काशन खुला गर्न लागिएको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्य भोटेकोशी आयोजना निर्माण गरिरहेको छ ।