सगरमाथा आरोहण तयारी तीव्र, तेस्रो शिविरसम्म मार्ग निर्माण सम्पन्न

एक महिना अगाडि
सगरमाथा आरोहण तयारी तीव्र, तेस्रो शिविरसम्म मार्ग निर्माण सम्पन्न

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा यस वर्षको वसन्तकालीन आरोहणका लागि तेस्रो शिविरसम्मको मार्ग निर्माण सम्पन्न भएको छ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति ले खुम्बु आइसफल क्षेत्रमा भर्‍याङ राख्ने, डोरी टाँग्ने लगायतका काम पूरा गरेको हो। माथिल्लो शिविरतर्फको मार्ग भने एक्सपिडिशन अपरेटर्स एसोसिएशन अफ नेपाल मार्फत तयार भइरहेको छ।

यस वर्ष ४६४ जना आरोहीले अनुमति लिएका छन् र मौसम अनुकूल भएमा शिखरसम्मको तयारी छिट्टै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।