चौतर्फी विरोधपछि खेलकुदमन्त्रीको अमेरिका भ्रमण रोकियो

३ महिना अगाडि
चौतर्फी विरोधपछि खेलकुदमन्त्रीको अमेरिका भ्रमण रोकियो

काठमाडौं । अमेरिकाको भ्रमणका विषयलाई लिएर आलोचना भएपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको भ्रमण रद्द भएको छ । तर, उनले राजीनामा भने नदिने भएका छन् ।

गुप्ता जेनजीको कोटाबाट मन्त्री बनेको बताइएको छ । मन्त्री गुप्तालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक समूहले बोलाएको थियो। त्यो समूह आधिकारिक नभएको र उनले फर्जी निमन्त्रणा देखाएर मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत गराएको भन्दै आलोचना भयो।

मन्त्री गुप्ताको भ्रमणलाई लिएर एनआरएनए अमेरिकाका दुई समूहले पनि छुट्टाछुट्टै विज्ञप्ति निकाले। एउटा समूहले निम्ता दिएको बतायो भने अर्को समूहले गुप्तालाई कुनै निमन्त्रणा नगरेको दाबी गर्‍यो।