यस वर्ष धेरै क्षेत्रमा कम वर्षा हुने प्रक्षेपण

एक महिना अगाडि
यस वर्ष धेरै क्षेत्रमा कम वर्षा हुने प्रक्षेपण

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्ष देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक गरिएको मनसुन आँकलनअनुसार कर्णाली र कोशी प्रदेशका केही उत्तरी भूभागमा सामान्य वर्षा भए पनि अन्य धेरै क्षेत्रमा कम वर्षा हुने सम्भावना देखिएको छ।

विभागका अनुसार कर्णालीका दक्षिणी क्षेत्र, लुम्बिनीका अधिकांश भूभाग, मधेशका पूर्वी क्षेत्र र कोशीका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ।

साथै अधिकतम तथा न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहने अनुमान गरिएको छ। मौसमविद्हरूले यस वर्ष गर्मी बढ्ने सम्भावना रहेको भन्दै कृषि, खानेपानी र विपद् व्यवस्थापनमा समयमै तयारी गर्न सुझाव दिएका छन्।