जेनजी आन्दोलनकाक्रममा सार्वजनिक संस्थानमा मात्र झण्डै अर्बको क्षति

३ महिना अगाडि
जेनजी आन्दोलनकाक्रममा सार्वजनिक संस्थानमा मात्र झण्डै अर्बको क्षति

काठमाडौं । गएको भदौ २३ र २४ को जेन–जी आन्दोलनका बेला सार्वजनिक संस्थानमा मात्रै ९५ करोड बराबरको क्षति पुगेको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ ।

क्षतिको जाँचबुझ गर्न गठित सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार सार्वजनिक संस्थानको स्वामित्व वा भोगचलनमा रहेका सम्पतिको क्षति रकम ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

सार्वजनिक संस्थानमा भएको कुल क्षति रकम मध्ये भवनतर्फ ४३.१ प्रतिशत, सवारी साधन तर्फ १६.१ प्रतिशत, अन्य भौतिक सम्पत्ति तर्फ ३७.४ प्रतिशत र अन्यमा ३.३ प्रतिशत क्षति भएको छ ।

प्रतिवेदनअनुसार संस्थानका नेपाल सरकार अन्तर्गतका २६ ओटा भवनमा क्षति पुगेको छ । भने प्रदेश सरकार मातहत रहेका संस्थानका ३ वटा भवनमा क्षतिपुगेको छ । कुल ४१ करोड २४ लाख बराबरको क्षति पुगेको छ भने संस्थानहरुका करिब १ सय ९ ओटा सवारी साधनमा क्षति पुगेको छ ।