सुनको भाउमा गिरावट, चाँदीको भाउ उकालो

४ हप्ता अगाडि
सुनको भाउमा गिरावट, चाँदीको भाउ उकालो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा मिश्रित परिवर्तन देखिएको छ। सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

यता चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ५ हजार ३०० रुपैयाँ पुगेको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ तथा चाँदी ५ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा सुन र चाँदी दुवै धातुको कारोबार उच्च मूल्यमा भइरहेको जनाइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक औँस सुन ४ हजार ७१५ अमेरिकी डलर तथा चाँदी ८० अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।