क्यानविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन मन्त्रालयको निर्देशन

४ हप्ता अगाडि
क्यानविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन मन्त्रालयको निर्देशन

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ विरुद्ध कारबाही प्रक्रिया अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् लाई निर्देशन दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेका लेखा तथा श्रेस्ता सम्बन्धी विवरण उपलब्ध नगराएको भन्दै मन्त्रालयले स्पष्टीकरण सोध्न र आवश्यक परे निलम्बनसम्मको प्रक्रिया अघि बढाउन भनेको हो ।

क्यानका सचिव पारस खड्काले प्राविधिक तथा व्यावहारिक कारणले वार्षिक साधारणसभा ढिलो भएको बताएका छन् । विराटनगरमा सुरु भएको साधारणसभामा उनले नेपाल प्रिमियर लिगमार्फत १५ देखि २० करोड रुपैयाँसम्म लगानी भित्रिएको दाबी गरे ।