वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह २०८३’

४ हप्ता अगाडि
वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह २०८३’

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी वैशाख २८ देखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ ।

कार्यालयले ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३’ जारी गर्दै संघीयदेखि स्थानीय तहसम्मका सबै सरकारी निकायलाई अभियानमा सहभागी हुन निर्देशन दिएको हो ।

अभियानको उद्घाटन वीर अस्पताल बाट निशा मेहताको उपस्थितिमा हुने जनाइएको छ ।

मार्गदर्शनअनुसार कार्यालयमा नियमित सरसफाइ, फोहोर व्यवस्थापन, शौचालय सफाइ तथा सेवाग्राहीमैत्री वातावरण अनिवार्य गरिनेछ । कुहिने र नकुहिने फोहोर छुट्याउन छुट्टाछुट्टै डस्टबिन राख्नुपर्ने तथा खुला रूपमा फोहोर जलाउन रोक लगाइएको छ ।