काठमाडौं । ‘स्वच्छ प्रशासनको नयाँ संकल्प’ भन्ने नारासहित आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सुरु गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालमा आयोजित कार्यक्रममा सहभागी हुँदै अभियानको औपचारिक उद्घाटन गरेकी हुन् ।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले आगामी जेठ १ गतेसम्म देशभर सरसफाइ सप्ताह सञ्चालन गर्ने जनाएको छ ।
अभियानअन्तर्गत सरकारी कार्यालय, अस्पताल तथा सार्वजनिक संस्थामा सरसफाइ, फोहोर व्यवस्थापन र सेवाग्राहीमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिइने बताइएको छ ।