विशेष महाधिवेशन सबैको महाधिवेशन बनाउनुपर्छ : कांग्रेस नेता शर्मा

३ महिना अगाडि
विशेष महाधिवेशन सबैको महाधिवेशन बनाउनुपर्छ : कांग्रेस नेता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउने गरी अघि बढिरहेको बताएका छन् ।

शुक्रवार भृकुटीमण्डपमा सञ्चाकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको अधिवेशन सभापति शेरबहादुर देउवासहितका नेताहरुको पहलमै हुनुपर्ने भएपनि अहिले पार्टीले गर्न लागेको महाधिवेशनले नयाँ निकास दिने बताए ।

उनले विधानलाई सबैले मान्नुपर्नेमा नैतिक दायित्व र कर्तव्य बिर्सिएर अघि बढ्न नहुने बताए । महाधिवेशले राम्रो निकास दिने उनको विश्वास छ । उनले भने, ‘वास्तवमा शेरबहादुर दाईहरुले नै यो अधिवेशन गरिदिनुपर्दथ्यो । किनभने ४० प्रतिशतले भनिसकेको थियो । हाम्रो विधानलाई मान्नुपर्ने दायित्व, नैतिक दायित्व र कर्तव्य पनि उहाँहरुको हो । तर त्यसलाई लत्याउनु भयो । यसलाई सामान्य रुपमा लिनुपर्छ । विशेष महाधिवेशनले एउटा राम्रो निकास निकाल्नेछ । चाँडै पार्टीभित्रका समस्याहरु समाधान हुनेछन् । यो अधिवेशनलाई सबैको अधिवेशन बनाउने प्रयत्नमा हामी छौँ ।’
नेता शर्माले महाधिवेशनसँगै पार्टीभित्रका समस्या पनि चाँडै समाधान हुने दाबी गरे ।